संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्ने

31

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद राज किशोर यादवले संविधान नमान्ने मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने राष्ट्रियसभामा बताएको स्मरण गर्दै त्यसको जवाफ के आयो भनी प्रश्न गरे ।

उनले संविधानविरुद्ध बोलिरहे आफूहरू सदन घेर्ने बाध्य हुने चेतावनी दिए । ‘संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्छ । संविधान मूल मर्म हो । सङ्घीयता कसैको कृपाले, गणतन्त्र कसैको आशीर्वादले आएको होइन,’ उनले भने । उनले संविधानविरुद्ध बोलिरहे आफूहरू सदन घेर्ने बाध्य हुने चेतावनी दिए । ‘संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्छ । संविधान मूल मर्म हो । सङ्घीयता कसैको कृपाले, गणतन्त्र कसैको आशीर्वादले आएको होइन,’ उनले भने ।