आयोगहरूमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न प्रधानमन्त्रीसँग माग

51

काठमाडौँ । सात संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आयोगहरूमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् । बिहीबार सिंहदरवारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरूले संयुक्त रूपमा प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

भेटमा आयोगका अध्यक्षहरूले आ–आफ्नो आयोगमा भएका समस्याहरू प्रधानमन्त्री समक्ष राखेका छन् । भेटपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरूले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्यून भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्री समक्ष राखेको बताए। उनले आयोगहरूमा स्रोत, साधन र कर्मचारीको दरबन्दीको थप गर्न माग गरिएको जानकारी दिए।