बिहे गर्न वडाको सिफारिस अनिवार्य लिनुपर्ने

222

काठमाडौँ । सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरणका लागी पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बताए ।

उनले भने, ‘बाल विवाह बढिरहेको छ, त्यसलाई न्यूनीकरण गर्नका लागी हामीले यो निर्णय गरेका हौँ ।’ अधिकृत वलीका अनुसार विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गत माघ २७ गते बसेको गाउँसभाबाट पारित भइसकेको छ । यो नियम उल्लङ्घन भए विवाह दर्ता रोक्ने सम्मको कारबाही हुने उनले बताए ।  उनले भने, ‘विवाह गर्नु भन्दा पहिले वडाको सिफारिस लिनुपर्‍यो र विवाह दर्ता गर्न आउँदा अनिवार्य सो सिफारिस पनि लिएर आउनु पर्‍यो त्यसपछि मात्रै विवाह दर्ता हुन्छ ।’ उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए।