Thursday, October 1, 2026
Home समाचार सहनीले तोडे अनशन

सहनीले तोडे अनशन

34

गौर । अलपत्र पुल निर्माणको माग गर्दै आमरण अनशन बसेका पत्रकार सञ्जय सहनीले अनशन तोडेका छन्।

गौर र ईशनाथ नगरपालिका जोड्ने बकैया नदीमा निर्माणाधीन अधुरो पुल डेढ वर्षमा सम्पन्न गराउन सम्बन्धित पक्ष तयार भए पछि सहनीले अनसन तोडेका हुन्।

चार दिनदेखि अनसनरत सहनीको स्वास्थ्य अवस्था खराब बन्दै गए पछि स्लाइन दिइएको थियो।