काठमाडौं । रिक्त रहेका क्षेत्रका लागि उपनिर्वाचनको दल दर्ता बुधबारबाट सुरु हुँदैछ। उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ। आजबाट सुरु हुने दल दर्ता चैत १२ गतेसम्म हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले दल दर्ताका लागि राजनीतिक दलहरूलाई आह्वान गरिसकेको छ।चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुन लागेको हो। चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए।...
ाठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ...
काठमाडौँ । काठमाडौँमा दुर्लभ वन्यजन्तु सालकको खपटासहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौँको टोखा नगरपालिका ११ गोंगबु मनमैजु पुलबाट सालकको खपटासहित एक जना महिलालाई पक्राउ गरेको हो ।
अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरी प्रभाग...
काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आइपिओ बुधबार बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४ लाख २४ हजार ८९३ जनाले सेयर पाएका छन्।
जसमध्ये ४ लाख २४ हजार ८८५ जनाले १० कित्ताको दरले र ८ जनाले ११ कित्ताको दरले सेयर पाएका हुन्।उक्त आइपीओका लागि कुल १३ लाख ५६ हजार ३४१ जना आवेदकले आवेदन...
एजेन्सी । अफगानिस्तानमा मंगलबार राति पौने ११ बजेतिर ६.८ म्याग्निच्युडको भुइँचालो गएको छ। भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको कालफगान भन्ने ठाउँबाट ९० किलोमिटर दुरीमा रहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। भुइँचालोबाट के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन।अहिलेसम्म प्राप्त रिपोर्टअनुसार यसको...
काठमाडौं । ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ ।
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो । मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ...
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन्।
आज दिउँसो ३ बजे सुरु हुने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतलिने सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई लिएर गठबन्धन दल नेपाली कांग्रेस...
मौसम विश्लेषण (Meteorological Analysis)हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)हाल कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।२०७९ चैत ८ गते (बुधवार)...
नेपाल खेलकुद महासंघ मोरङले राष्ट्रिय क्रिकेटरद्वय ललितनारायण राजवंशी र दीपेश कँडेललाई सम्मान गरेको छ।खेलकुद महासंघ मोरङले आज (मंगलबार) सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो।विराटनगरका खेलाडी राजवंशी र कँडेललाई महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गरेका थिए।यस्तै महासंघले ललितका बुबाआमा जयनारायण राजवंशी र सुककुमारीदेवी राजवंशी तथा नेपाल क्रिकेट...
पुलचोक इन्जियिरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विराज अर्याल विजयी भएका छन् । उनले ६६९ मत ल्याएका हुन् ।उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अजयकुमार मण्डलले ६०२ मत मात्र ल्याए ।









