ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटनाः ३ जनाको मृत्यु

51

काठमाडौं । ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ ।
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो । मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।