सालकको खपटासहित एक महिला पक्राउ

77

काठमाडौँ । काठमाडौँमा दुर्लभ वन्यजन्तु सालकको खपटासहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौँको टोखा नगरपालिका ११ गोंगबु मनमैजु पुलबाट सालकको खपटासहित एक जना महिलालाई पक्राउ गरेको हो ।
अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।