Friday, October 2, 2026
Home अर्थ आईपीओ खुल्योः सगरमाथा हाइड्रोपावर

आईपीओ खुल्योः सगरमाथा हाइड्रोपावर

86

ाठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी एक अर्ब १२ करोड रुपैयाँको ४९ प्रतिशतले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।