Wednesday, May 6, 2026
Home Blog Page 386
काठमाडौं : बालसिर्जना मञ्च, नेपालले विश्व कविता दिवसको अवसरमा बहुभाषिक कविगोष्ठी एवं रचना वाचन कार्यक्रम आयोजना गरेको छ।मंगलवार दरबार हाइस्कुलमा युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सचिवालयको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम आयोजना भएको हो। साहित्यकार हरि खनालले यस्तै कविता गोष्ठी कार्यक्रममार्फत नै सबै भाषाभाषीलाई एकै ठाउँमा उभ्याउने काम भएको बताए। विभिन्न भाषाभाषीको कविताको माध्यमबाट भाषालाई अझै स्तरीय बन्ने...
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा सहभागी हुने विषयमा गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्षहरू प्रमेश हमाल र वेदुराम भुसालसहित कार्यदल गठन गरेको हो।उक्त कार्यदलले गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले मन्त्रालयको विषयमा कुनै निष्कर्षमा पुग्न नसकेको...
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत्य फेला परेका छन्।एक हप्ता अगाडी उपचार गर्न आएका तातोपानी गाउँपालिका–५ लाम्राका ७० वर्षीय लालु नेपाली दमको उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका थिए। लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेका प्रहरीले जनाएको छ। लालु उपचारको लागि चैत ४ गते...
काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई अदालतमै हत्याको योजना बनेको आरोप लगाएका छन्। खानले तोशखाना प्रकरणमा शनिबारको सुनुवाईमै आफ्नो हत्याको योजना बने पनि त्यो सफल नभएको भन्दै फेरि पनि अदालतमा आफ्नो ज्यानको सुरक्षा नभएको दाबी गरे। खान शनिबार इस्लामावादस्थित उच्च अदालतको ज्युडिसियल कम्प्लेक्समा सुनुवाइका लागि पुगेका थिए। तर लाहोरस्थित घरबाट अदालत हिँडेका खान झण्डै ६ घण्टापछि अदालत...
काठमाडौं : यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणमा जाने पर्वतारोहीबाट सवा करोड रोयल्टी संकलन भएको छ।पर्यटन विभागका अनुसार २५ देशका ५० पर्वतारोहीले वसन्तमा विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएका छन्। उनीहरुबाट रोयल्टीवापत १ करोड २८ लाख ९८ हजार ९५० रूपैयाँ संकलन भएको हो। यस सिजनमा ६ हजार ५२३ मिटर उचाइको सुर्मा सरोवर आरोहणका लागि २ जना पुरुषले अनुमति पाएका छन्...
काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले दुई महिनामा दुईपटक विश्वासको मत लिनुपर्ने बाध्यताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को छवि प्रष्ट भएको बताएका छन्।मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखी रिजालले ‘मौका आउनासाथ साथ छाड्ने र ‘पार्टनर’ बदल्नेले महिना–महिनामै विश्वासको मत लिए पनि विश्वास कसरी होला’ भनी प्रश्न गरेका छन्। ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनेलाई नै त्रास छ’, उनले लेखेका छन्,‘यस...
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ। बैठक अहिले केहीबेरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल गर्ने तयारी छ। आजको बैठकमा सरकारमा सहभागी हुने विषयमा कुराकानी हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। ‘सरकारमा कसरी जाने भन्नेबारे औपचारिक रुपमा हामी छलफल गर्दैछौं’, पाण्डेले भने, ‘आजै निर्णय नभए पनि...
सुर्खेत : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ। हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ। विविध कारणले यहाँका छ क्याम्पसको निर्वाचन स्थगित भएको छ। सार्वजनिक नतिजाका हिसाबले अखिल क्रान्तिकारीले १४, नेवि...
काठमाडौं : आज घोडे जात्रा। बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडैजात्रा मनाउने प्रचलन छ।चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ। परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे। यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो...
सिमकोट ।  स्वास्थ्यकर्मीलाई मातृ सुरक्षासम्बन्धी गतिविधिमा दक्षता बढाउन तालिम प्रदान गरिएको छ। दुुर्गममा गर्भवती र सुत्केरीको हेलिकोप्टरबाट उद्धार गर्ने कार्य बढिरहेका बेला त्यसलाई न्यूनीकरण गर्न उक्त तालिम प्रदान गरिएको हो।स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले गर्भवती र सुत्केरीको सुरक्षा प्रदान गर्न गाउँ–गाउँका स्वास्थ्य चौकीमा उपचारमा सहयोग गर्ने उद्देश्यसाथ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको बताइन्।जिल्लाका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई ज्ञान...