पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्। बैठकमा ५९ सांसदको उपस्थिति थियो। यीमध्ये ३५ जनाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिए। विपक्षमा २२ मत परेको र २ जना तटस्थ बसेका छन ।नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त...
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहण गरेलगत्तै चार वटा निर्णय गरेका छन् ।मन्त्री बस्नेतले गरेका निर्णय: -स्वास्थ्य उपचार नियमित सेवाका अलावा महामारीको रुपमा फैलिने कोभिड, डेंगु र अन्य सरुवा रोग फैलिन नदिन तीनै तहका सरकारका साथै दातृ निकाय एवं संघ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने ।-स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारण नागरिक समेतको...
काठमाडौं । चालु साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक १२.७३ अंक बढेर १८६९.७३ विन्दुमा पुगेको छ । बिहीबार २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँ बराबरको भएको छ ।यस सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक...
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ लिएको विषयमा रायमाझीको संलग्नताबारे चासो राखेका छन् ।प्रधानमन्त्री प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग अध्यक्ष ओलीले निर्दोष फसाउन खोजिए...
भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा एक युवतीले आत्महत्या गरेकी छिन् । सो नगरपालिकाको वडा न. ७ गुण्डु घर भएकी २४ वर्षीय सुस्मिता खड्काले आत्महत्या गरेकी हुन् । खड्काले घरमा रहेको फलामको भर्याङमा नाईलनको डोरीको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सुस्मिताले सुसाईट नोटमा 'टिकाटालो गर्नं बांकी रहेको, आफु आफैँ झुन्डीएकोले पिर नगर्नु'...
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र फिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले...
काठमाडौं । कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ ।चीनको एक रासायनिक कारखानामा भएकोघटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ । चीनको पूर्वी शान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने कारखानाको एक क्षेत्रमा सोमबार बिहान विस्फोट भएको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ ।प्रारम्भिक...
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार ३० जनाको मृत्यु भइसकेको छ । आज कोरोनाबाट थप ९१ संक्रमित भएका छन् । संक्रमित हुने सबैभन्दा बढी काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ३६ जनाको पीसीआर परीक्षणबाट २७ जना र २ हजार १ सय ९६ एन्टिजेन परीक्षणबाट ६४ जनामा संक्रमण पाइएको हो ।यो संगै सक्रिय...
काठमाडौँ । विश्व हिन्दू महासङ्घले विधिसम्मत रूपमा महासभा बोलाउन प्रतिबद्ध रहेको जनाएको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श गरी विधानबमोजिम कार्यकारिणी समितिबाट निर्णय गराई महाधिवेशन गर्ने जानकारी दिएको हो ।महासङ्घका कावा अध्यक्ष अस्मिता भण्डारीले महाधिवेशन गर्न कम्तिमा छ महिना समय लाग्ने जानकारी दिइन् । उनले भनिन्, “अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श गर्नुपर्छ, त्यसका लागि कम्तीमा...









