गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

36

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्। बैठकमा ५९ सांसदको उपस्थिति थियो। यीमध्ये ३५ जनाले मुख्‍यमन्त्री पाण्डेलाई विश्वासको मत दिए। विपक्षमा २२ मत परेको र २ जना तटस्थ बसेका छन ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र नेकपा एकीकृत समाजवादी एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उनी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन्।