आज सेयर बजारमा वृद्धि

16

काठमाडौं । चालु साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक १२.७३ अंक बढेर १८६९.७३ विन्दुमा पुगेको छ । बिहीबार २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँ बराबरको भएको छ ।

यस सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक बढेको छ । बिहीबार १६२ कम्पनीको मूल्य बढ्दा ५० वटा कम्पनीको ओरालो लागेको छ भने ६ वटा स्थिर रहेका छन् ।१३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ ।