नवनियुक्त स्वास्थ्य मन्त्री बस्नेतले गरे यस्तो निर्णय

27

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहण गरेलगत्तै चार वटा निर्णय गरेका छन् ।

मन्त्री बस्नेतले गरेका निर्णय: 

-स्वास्थ्य उपचार नियमित सेवाका अलावा महामारीको रुपमा फैलिने कोभिड, डेंगु र अन्य सरुवा रोग फैलिन नदिन तीनै तहका सरकारका साथै दातृ निकाय एवं संघ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने ।

-स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारण नागरिक समेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकोले दातृ निकाय समेतको सहभागिता जुटाई प्रभावकारी र विश्वसनीय बनाउने ।

-आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकहरूलाई अधिकतम परिचालन गर्ने ।

-स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरूमा रहेका अस्पतालहरुबाट भइरहेको उपचारात्मक सेवा, उपलब्ध स्रोत र साधन ९औजार उपकरण० को अत्यधिक उपयोग भए, नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति गठन गर्ने ।

मन्त्री बस्नेतले स्वास्थ्य सेवा सेवाग्राही मैत्री र सरलीकृत गर्नुकासाथै स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।