भक्तपुरमा विवाहको तयारी गरेकी युवतीले यस्तो लेखेर गरिन् आत्महत्या

864
सांकेतिक तस्विर

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा एक युवतीले आत्महत्या गरेकी छिन् । सो नगरपालिकाको वडा न. ७ गुण्डु घर भएकी २४ वर्षीय सुस्मिता खड्काले आत्महत्या गरेकी हुन् । खड्काले घरमा रहेको फलामको भर्याङमा नाईलनको डोरीको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सुस्मिताले सुसाईट नोटमा ‘टिकाटालो गर्नं बांकी रहेको, आफु आफैँ झुन्डीएकोले पिर नगर्नु’ भन्ने लेखेर छोडेको प्रहरीले जानकारी दिएको छ । उनको काठमाडौ दक्षिणकाली घर भएका अधिकारी थरका युवकसगं विवाह हुने सम्पूर्ण तयारी भइसकेको खुलेको छ । घटनास्थल लाशजांच, जाहेरी लगायतको काम पूरा गरि शव पोष्टमार्डमकालागि पठाई यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।