कोरोनाबाट अहिलेसम्म १२ हजार नेपालीको मृत्यु, उपत्यकामा संक्रमितको संख्या बढ्यो

22
फाइल तस्विर

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार ३० जनाको मृत्यु भइसकेको छ । आज कोरोनाबाट थप ९१ संक्रमित भएका छन् । संक्रमित हुने सबैभन्दा बढी काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ३६ जनाको पीसीआर परीक्षणबाट २७ जना र २ हजार १ सय ९६ एन्टिजेन परीक्षणबाट ६४ जनामा संक्रमण पाइएको हो ।

यो संगै सक्रिय संक्रमितको संख्या २ सय २० पुगेको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा २५ जना संस्थागत आइसोलेसनमा, १२ जना आईसीयूमा उपचार भइरहेको छ ।पछिल्लो समय ५९ जना संक्रमणमुक्त भएका छन् । बुधबार ३ हजार ८ सय ९४ जनाले खोप लगाएका छन् । त्यसैगरी पछिल्लो समय उपत्यकामा संक्रमित अस्पताल भर्ना हुने क्रम बढेको छ ।