Home Blog Page 235
काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति सक्रियता शुरू गरेका छन् । मंसिर ९ गते झापाको बिर्तामोडस्थित इकम कलेजमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरणपछि शाहले राजनीति सक्रियता शुरू गरेका हुन् ।यही आइतबार पूर्वरानी कोमल, छोरी प्रेरणा र धीरेन्द्रपुत्री दिलासासहित भैरहवाको होटल सिद्धार्थ पुगेका पूर्वराजा शाह स्वर्गीय राजा वीरेन्द्रको जन्मोत्सवको दिनदेखि नागरिक अभिनन्दन र पूजापाठमा व्यस्त हुनेछन् । स्रोतका अनुसार यही...
काठमाडौंः सरकारले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखाएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले गुनासो गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । हालै विप्लव लगायतका नेकपाका नेताहरुविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । आजै साँझ ६ बजे...
भक्तपुर । अचार बनाउने दुई दिने सिपमुलक तालिमकाे आयोजना गरिएको छ । बुद्व सामुदायिक सिकाई केन्द्र गठ्ठाघरकाे आयोजनामा आस्था महिला विद्यालयमा सम्पन्न तालिममा जिल्ला भरका ३० महिलाको सहभागीता रहेकाे थियाे । बुद्व सामुदायिक सिकाई केन्द्र गठ्ठाघरका अध्यक्ष राम प्रसाद न्याैपानेका अनुसार स्थानीय महिलालाई स्वराेजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हाे । सहकारी अभियन्ता कैलाश भक्त प्रधानाड्गले अचार बनाउने सामाग्री काटेर...
काठमाडौँ : दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि १० दिने बृहत् दोलखा महोत्सव हुने भएको छ। दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा १० दिने बृहत् दोलखा महोत्सव हुन लागेको हो। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। महोत्सवको उद्घाटन पुस...
काठमाडौं : नेपाल प्रहरीले गैर हाजिर रहेका २१ प्रहरीलाई सात दिने समय सीमा दिएर सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार सूचना जारी गरी एक प्रहरी वरिष्ठ हवलदार, पाँच सहायक हवलदार, १३ जवान र दुई कार्यालय सहयोगी एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेको जानकारी दिएको हो। खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा...
काठमाडौं : एरिना सेबालेन्काले रियाद सिजन टेनिस कपको उपाधि जितेकी छन् ।​साउदी अरबको रियादमा भएको खेलमा बेलारुसकी सेबालेन्काले ट्युनिसियाकी अन्ज जबेरमाथि तीन सेटको पुनरागमन जित निकालेकी हुन्। प्रतिस्पर्धात्मक खेलमा सेबालेन्काले सुस्त सुरुवात गरेकी थिइन्। जबेरले पहिलो सेट सहजै ६–४ ले जितिन्। तर पूर्वनम्बर एक सेबालेन्काले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरिन्। हाल विश्व वरीयताको दोस्रो स्थानमा रहेकी उनले ६–२ को...
इलाम : आधुनिक खेतीप्रणालीको प्रयोगसँगै अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन्। प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियो। मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन। सूर्योदय नगरपालिका–१ बाङ्गिनका बिरेन शेरेङले करिब १०० रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन्। ‘वर्षमा २७ देखि ३१ मन सम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक आठ–दश...
काठमाडौं : समाजवादी मोर्चाको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। सरकारको एक वर्षको कामको समीक्षा, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन तथा मोर्चाका आगामी रणनीतिबारे बैठकमा छलफल भइरहेको बताइएको छ। बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहभागी छन् । गत...
बनेपा : काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका १ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ। िसोका कारण हिटर र आगो बालेर सुतेका ८२ वर्षीय पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ। प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। लामा दम्पतीले ...
काठमाडौं : मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। सनातन समाजमा यो पर्व धान्य पूर्णिमाका रूपमा परिचित छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा ब्राह्मणक्षत्री समाजमा कुलदेवताको पूजा गरिन्छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई...