काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी अघि बढिरहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा १३१ औं माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दिनमा गरेका काम र अब गर्ने कामहरूका बारेमा जनतालाई जानकारी...
काठमाडौं : सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत खुलेको छ।
आज बिहान सुनकोसी गाउँपालिका–३ बोहोरेटारस्थित बिपी राजमार्गमा भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका २ का २० वर्षीय सुसन राई र मोटरसाइकल पछाडि सवार दिक्तेल नगरपालिका १० की १८ वर्षीया मुनाकला राई भएको जिल्ला...
धेरैले रुचाउने फलफूलमध्ये एक हो मेवा। यो खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय: मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। त्यही मेवाको बियाँको फाइदाबारे चर्चा गरौँ।१. एन्टिअक्सिडेन्टको स्रोत
मेवाको बियाँमा पोलिफेनोल, फ्लेभोनोइड्स, एल्कालोइड्स, ट्यानिन्स र सेपोनिन्स जस्ता एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। एन्टिअक्सिडेन्टले हामीलाई विभिन्न रोगहरूबाट बचाउँछ।२. पेट...
काठमाडौं : प्युठानको झिमरुक गाउँपालिका–३ पिपल रूख भन्ने स्थानमा दुईजना झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
स्थानीय कर्णबहादुर खड्काका कान्छी श्रीमती ३४ वर्षीया विष्णा खड्का र उनको जेठी श्रीमतीका छोरा २१ वर्षीय छोरा रोहित खड्का आज बिहान ८ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर हुमानन्द खनालले जानकारी दिए। उनीहरू घरबाट दुईसय मिटर...
काठमाडौं : ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएसँगै सांसद पदको निलम्बनबाट फुकुवा भएका एमाले सांसद लक्ष्मी महतो कोइरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।ोमबार बिहान ओली निवास बालकोट पुगेर सांसद कोइरीले अध्यक्ष ओलीलाई भेटेका हुन्। सांसद कोइरीले अध्यक्ष ओलीको हातबाट सगुनसमेत लिएका छन्। कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेपछि त्यसको मुद्दा...
विराटनगर : मोरङ कारागार विराटनगरका कैदीको कैद भुक्तान सकिने दिन नै मृत्यु भएपछि आफन्त आक्रोशित भएका छन्। लेनदेन ठगी मुद्दाका विराटनगर– १० निवासी ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान ६:४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। पेट र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेका अनुसार उनको उपचार क्रममा मृत्यु...
काठमाडौं- पौष्टिक र गुणस्तरीय आहार नखानु, अत्यधिक गर्मीमा काम गर्नु, खानपिनमा भन्दा व्यक्तित्व विकासमा प्राथमिकता दिनु, मोटोपना बढ्नु, शरीर राम्रो देखाउन थोरै खाना खानु तथा रसायनयुक्त तरकारी र फलफूल खाने गर्नाले धेरै मानिसमा पछिल्लो समयमा निःसन्तान हुने समस्या बढ्दै गएको पाइएको छ। आहार विहारका अतिरिक्त विवाह ढिला गर्ने र सन्तान जन्माउने कामलाई प्राथमिकता नदिइ आफू आर्थिक रूपमा सक्षम भएपछि...
बर्दीबास : महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट प्रदेश २–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीको पछिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। उपप्रमुख महतोको गौशाला १ रामनगरस्थित घर आँगनमा पार्किङ गरिएको अवस्थामा शनिबार राति गाडीमा आगजानी भएको प्रहरीले जनाएको छ। घरका परिवारले राति करिव २ बजेतिर गाडीमा आगो लागेको देखेपछि इलाका...
काठमाडौं : सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा बसेको बैठक भोलि पुन: बस्ने गरी सकिएको छ। प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो। सोमबार पुनः बैठक बस्ने सहमति भएको उनले जानकारी दिए।...
काठमाडौं : शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदको विज्ञापन खुलाएको छ। आयोगले आइतबार जारी गरेको विज्ञापनअनुसार ४३६ जना शिक्षकको लागि विज्ञापन सार्वजनिक भएको छ। आयोगले सातै प्रदेशमा गरेर नेपाली विषयको लागि ६७ जना,अंग्रेजी विषयको लागि ७९ जना,गणित विषयको लागि ८५ जना शिक्षक माग गरेको छ। विज्ञापन विषयमा १ सय २४ जना, सामाजिक विषयमा ५३ जना,अर्थशास्त्र विषयमा...








