काठमाडौं : नेपाली कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गर्ने भएको छ। पुस १२ गते सुरु भई तीन दिन चलेको बैठकका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा हुनेछ। पौडेलका अनुसार बैठकमा सरकारका काम कारबाही, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य...
दाङ : वनभोजका लागि बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको छ। दाङको अमिलिया-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर–१३ दमारगाउँ वनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान दुर्घटनामा परेको थियो। गम्भीर घाइते चार जनालाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने ३१ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा...
काठमाडौं : कास्कीमा श्रीमतीलाई जुत्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्ती छन्।
घर्तीले बिहीबार दिउँसो २८ वर्षीया श्रीमती रेखा घर्तीलाई पोखरा नौबीसे चोकस्थित तोरी बारीमा लगेर जुत्ताको तुनाले घाँटीमा कसेर हत्या गरेका थिए। हत्या गरिएकी रेखा रत्नकी...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। गभर्नर अधिकारीविरुद्ध परेको रिटमाथि न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। ाथै आन्तरिम आदेश दिने नदिने बारेमा छलफल गर्नका लागि दुवै पक्षलाई झिकाउने पनि आदेश भएको छ। अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर...
काठमाडौं: अजरबैजान पठाइदिन्छु भन्दै ६ लाख ७७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।खोटाङ दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका-६ घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका-२ बस्ने ५१ वर्षीय हरिकुमार दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो।ाहालले १ जनालाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाई होटलमा मासिक ७५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी उक्त...
काठमाडौं: रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका थिए ।ललितपुर प्रहरी प्रमुख एसएसपी...
काठमाडौँ: धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोमा पाँच राजनीतिक दलले विरोध गरेका छन्। धरानस्थित ठूलासहितका पाँच दलले शुक्रबार वक्तव्य निकालेर मेयर साम्पाङको उक्त कदमलाई उद्दण्ड र अराजक भनेका हुन्। कांग्रेस सभापति श्याम पोख्रेल, एमाले उपाध्यक्ष पारस काङमाङ राई, नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष सम्फर तामाङ, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु र नेकपा एकीकृत समाजवादीका...
काठमाडौँ: भारतस्थित छत्तीसगढको दुर्ग जिल्लाको फास्ट ट्र्याक अदालतले श्रीमतीसँग अप्राकृतिक यौनसम्बन्ध राखेको कसुरमा श्रीमान्लाई ९ वर्ष कैद र १० हजार रुपैयाँ (भारतीय) जरिवानाको सजाय सुनाएको छ।साथै श्रीमतीलाई कुटपिटको कसुरमा उनलाई १ वर्ष कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय पनि हुनेछ। भारतमा वैवाहिक बलात्कार र अप्राकृतिक यौन दुर्व्यवहारको बहस चलिरहेका बेला सोमबार उक्त फैसला आएको बीबीसी हिन्दीले जनाएको छ।...
काठमाडौं: धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन्। केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर कार्यकक्षबाट हटाएका हुन्। उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन्। पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले रोष प्रकट गरिरहेका थिए। मेयर साम्पाङले हिजो...
काठमाडौं: छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन्। दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ। पाँचखाल नगरपालिका–६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा लगेर गत कात्तिक ११ गते करणी भएको घटना बाहिरिएपछि उनीहरू पक्राउ परेका हुन्। प्रधानाध्यापक गणेशमान गुरुङ र शिक्षक...









