भक्तपुरमा अचार बनाउने तालिम सम्पन्न

36

भक्तपुर ।
अचार बनाउने दुई दिने सिपमुलक तालिमकाे आयोजना गरिएको छ । बुद्व सामुदायिक सिकाई केन्द्र गठ्ठाघरकाे आयोजनामा आस्था महिला विद्यालयमा सम्पन्न तालिममा जिल्ला भरका ३० महिलाको सहभागीता रहेकाे थियाे । बुद्व सामुदायिक सिकाई केन्द्र गठ्ठाघरका अध्यक्ष राम प्रसाद न्याैपानेका अनुसार स्थानीय महिलालाई स्वराेजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हाे । सहकारी अभियन्ता कैलाश भक्त प्रधानाड्गले अचार बनाउने सामाग्री काटेर शुभारम्भ गर्नु भयो । घरघरमा उपयाेग हुने अचार धेरै बनाएर आय आर्जन समेत गर्न सक्ने लक्ष्यसहित यस्तो तालिमकाे आयोजना हुनु सराहनीय भएको प्रधानाड्गकाे भनाइ थियाे । सहकारी मार्फत पनि यस्ता तालिम आयोजना गरेर सदस्यलाई राेजगारी सिर्जना गर्न सकिने प्रधानाड्गकाे भनाइ थियाे । कार्यक्रममा प्रशिक्षक दुर्गा मैनाली, आस्था महिला विद्यालयकी प्रधानाध्यापक बिना देउजा, आयोजक संस्थाका उपाध्यक्ष रमेश पाैडेल, संस्थाका सल्लाहकार बद्री तिवारी लगाएको उपस्थिति रहेको थियाे । तालिमका क्रममा पाँच प्रकारका अचार बनाइएको प्रशिक्षक मैनालीले बताउनु भयाे ।