सम्पर्कविहीन २१ प्रहरीलाई हाजिर हुन सात दिनको समय, नआए बर्खास्त

33

काठमाडौं : नेपाल प्रहरीले गैर हाजिर रहेका २१ प्रहरीलाई सात दिने समय सीमा दिएर सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार सूचना जारी गरी एक प्रहरी वरिष्ठ हवलदार, पाँच सहायक हवलदार, १३ जवान र दुई कार्यालय सहयोगी एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेको जानकारी दिएको हो। खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन कार्यालयले निर्देशन दिएको छ। ताकिएको समयभित्र सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार उनीहरूलाई सेवाबाट हटाउने चेतावनी पनि सूचनामा दिइएको छ।