Friday, October 2, 2026
Home राजनीति सरकारले दोहोरो चरित्र देखायोः विप्लव

सरकारले दोहोरो चरित्र देखायोः विप्लव

56

काठमाडौंः सरकारले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखाएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले गुनासो गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । हालै विप्लव लगायतका नेकपाका नेताहरुविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । आजै साँझ ६ बजे फेरि प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको बैठक बस्ने र त्यसबारे विस्तृतमा छलफल गर्ने विप्लवले बताए ।