दक्षिणपश्चिम चीनको युनान प्रान्तमा सोमवार बिहान पहिरोमा परी मानिसहरू बेपत्ता भएका छन्। चीन सरकारका अधिकारीकाअनुसार पहिरोमा पुरिएकाको संख्या अज्ञात रहेको बताइएको छ। काउन्टीको प्रचार विभागका अनुसार झेन्सिङ काउन्टीको ताङफाङ टाउनको लिआङ्सुई गाउँमा बिहान ५ :५१ बजे पहिरो गएको हो। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ
इलाम : नेपाल–भारत सीमा इलामको पशुपतिनगरबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीलाई सहज भएको छ। कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने गरी आइतबारदेखि सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा आएपछि भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा सहजता हुने भएको हो। प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा रु पाँच सय १० र मोटरसाइकलको रु दुई...
पाल्पा : पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम भट्टले बताए। पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग१४प ३७५ नम्बरको मोटरसाइकल सोही वडाको भुमरस्थित कालीगण्डकी नदी किनारमा खसेर दुर्घटना भएको हो। गएराति करिब १० बजे दुर्घटना भएको हो। उनको घटनास्थलमै मृत्यु...
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १ रानीवनमा मन्दिर निर्माणकोलागि स्थानीहरुले सप्ताह लगाउने भएका छन् । पञ्चकन्यादेवि मन्दिर निर्माण तथा व्यवस्थापन समितिले पितृमोक्ष र मन्दिर निर्माणार्थ श्रीमद भागवत सप्ताह विराट महायज्ञ लगाउने भएको हो । महायज्ञमा वाचक पण्डित शिभप्रसाद सापकोटा र पाठपारयण पण्डित विष्णु प्रसाद तिमल्सिनाको मुखारविन्दबाट कथा वाचन हुने छ ।उक्त धार्मीक कार्यक्रम यहिँ माघको १२...
भक्तपुर । कलेजो प्रत्यारोण गरेका तीन वर्षीय बालक आज डिस्चार्ज भएका छन् । पुस २७ गते भक्तपुुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा ती बालकको कलेजो प्रत्यारोपण गरिएको थियो । बारा जिल्ला सिमराका ३ वर्षीय ती बालकका लागि उनकै ३० वर्षीय आमा सिता भट्टले कलेजो दान दिएकी हुन् । प्रत्यारोपित बालकको स्वास्थ्य र...
भक्तपुर । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा रहेको मित्रश्री पाठशालामा खेलकुद सप्ताह सम्पन्न भएको छ । माघ २ गतेदेखि सुरु भएको खेलकुद सप्ताह राष्ट्रिय फुटबल टिमका खेलाडी मनिष डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
खेल सप्ताहमा एथ्लेटिक्स, कबड्डी, फुट्सललगायत २० वटा खेलमा विद्यार्थीहरुले हाउस अनुसार प्रतिस्पर्धा गरेको विद्यालयका प्रार्चाय दीपक विष्टले जानकारी दिएका छन् । ''प्रतियोगीतामा १४ स्वर्ण पदक सहित ऐल्लो...
अमेरिकाको राष्ट्रपति उम्मेदवार जोन एफ केनेडी सन् १९६० मा चुनावी अभियानका क्रममा मिनिसोटा विश्वविद्यालय पुग्छन्। चुनावी भाषणबाहेक नौलो केही आउला भन्ने कसैले विश्वास गरेका थिएनन्। आम अपेक्षा विपरीत केनेडीले विश्वविद्यालयमा नौलो अवधारणा सुनाए, जुन विद्यार्थीका लागि रोमाञ्चक थियो।उनले विश्वविद्यालयका विद्यार्थीलाई संसार घुम्दै विदेश सेवामा काम गर्न अफर गरे। देशका लागि विदेश सेवामा काम गर्न उनले गरेको आग्रह विद्यार्थीले मन...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरुको सहमतिबाटै टुंग्याउने बताएका छन्। आइतबार बिहान तीनदिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको र राजनीतिक दलका नेताहरुसँग आफूले वार्ता गरिसकेको भन्दै हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ सदनमा पेस...
काठमाडौं : वैदेशिक रोजगार विभागबाट चालू आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाखभन्दा बढी पुगेको छ। साउनदेखि पुससम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले दिए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।०८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि...
काठमाडौं : श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन्। तुल्सीपुर उपमहानगरपालिका ४ तल्लो हलवारेका ४३ वर्षीय पण्डुवा चौधरी पक्राउ परेका हुन्। मदिरा सेवन गरेका उनले गएराति श्रीमती ४२ वर्षकी लक्ष्मी चौधरीलाई टाउकोमा स्टिलको रड प्रहार गरेका थिए। घटनास्थलमै श्रीमतीको मृत्यु भएपछि उनले श्रीमती हराएको भन्दै खोजिदिन छिमेकीसँग गुहार समेत मागेका प्रहरीले जनाएको छ। उनको...









