Home Blog Page 225
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई चियापानका लागि बोलाएका छन्। आसन्न राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गरी विराटनगरस्थित कोइराला निवासमा उनले चियापान कार्यक्रम आयोजना गर्न लागेका हुन्। कोइरालाले गठबन्धनमा रहेका कोशी प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई चियापानमा बोलाएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। ‘ राष्ट्रिय सभाको...
काठमाडौं : सिन्धुलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। कमलामाई नगरपालिका–९, कोरुङगे खोलामास्थित राजमार्गमा प्रदेश २–०४–००१ त ००१० नम्बरको ट्याक्टर र बा ५८ प ९१४१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रौतहट गुजारा नगरपालिका–२ का ६३ वर्षिय रने तामाङको मृत्यु भएको हो। गम्भीर घाइते तामाङलाई जिल्ला अस्पताल सिन्धुली लगिएकोमा गएराति चिकिसत्कले मृत घोषणा गरेको...
काठमाडौं : प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महनिरीक्षकको सचिवालयले गोरखापत्रमा सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक (असई) हवल्दार,३ जना, प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ।उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी...
काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको छ। परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ। यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन्। हेर्नुहोस् तालिका
काठमाडौं : न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो। पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन्। यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी गराइँदै छ। यस क्रममा आज...
कास्की : नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ। सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो। प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबको कार्यसमिति बैठकले आयुसलाई सम्मान गर्ने निर्णय गरेको हो। सम्मानको...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई जनताका ७ सय ५१ माग बुझाएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले नेताहरूले जनस्तरबाट आएका ७ सय ५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहित लिखित जानकारी गराएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी...
पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई तत्काल कामकाज गर्न अदालतले रोक लगाएको छ। उच्च अदालत पाटनले तत्कालका लागि कार्यकारी निर्देशक पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले आइतबार कार्यकारी निर्देशक पुनलाई तत्काल कामकाजमा रोक लगाउन अन्तरिम आदेश दिएका हुन्। योग्यता नपुगेका व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै भरत मरासिनीले अदालतमा...
आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको सुरूवात राम्रो हुन सकेन। आइतबार दक्षिण अफ्रिकाको इन्ट लन्डनमा भएको खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले पराजित भयो। न्युजिल्यान्डसँग पराजित भए पनि नेपाली टिमका ओपनिङ ब्याटर अर्जुन कुमालले भने उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो क्षमता प्रमाणित गरे। अर्जुनले खेलमा ९० रन जोडे। १०४ बल खेलेका अर्जुनले १२ चौका प्रहार गरे। ३०३ रनको बलियो लक्ष्य पछ्याएको...
काठमाडौं : माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति महासचिव दिपेश पुनले विरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् त्यसलाई सहेर नबस्ने चेतावनी दिएका हुन्। उनले धेरै खेलासी नठान्न चेतावनी दिएका छन्। ‘ए जिस्काएको ? हाम्रो सुप्रिमोलाई सर्बोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरुलाई थकाई सकियो, अब नयाँ पुस्तालाई चेक गर्न खोजेको ?,’ महासचिव...