Wednesday, September 23, 2026
Home समाचार रक्सी खाएर श्रीमतीको हत्या

रक्सी खाएर श्रीमतीको हत्या

58
सांकेतिक तस्विर

काठमाडौं : श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन्। तुल्सीपुर उपमहानगरपालिका ४ तल्लो हलवारेका ४३ वर्षीय पण्डुवा चौधरी पक्राउ परेका हुन्। मदिरा सेवन गरेका उनले गएराति श्रीमती ४२ वर्षकी लक्ष्मी चौधरीलाई टाउकोमा स्टिलको रड प्रहार गरेका थिए। घटनास्थलमै श्रीमतीको मृत्यु भएपछि उनले श्रीमती हराएको भन्दै खोजिदिन छिमेकीसँग गुहार समेत मागेका प्रहरीले जनाएको छ। उनको गुहारमा सहायता गर्न पुगेका छिमेकीमाथि सोही रडले प्रहार गर्दा तीन जना सामान्य घाइते भएका छन्। उनीहरू गएराति नै उपचार पछि घर फर्किएका तुल्सीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार पेण्डुवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।