मित्रश्री रनिङ्ग शिल्डको उपाधी ‘एल्लो हाउस’लाई

142

भक्तपुर । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा रहेको मित्रश्री पाठशालामा खेलकुद सप्ताह सम्पन्न भएको छ । माघ २ गतेदेखि सुरु भएको खेलकुद सप्ताह राष्ट्रिय फुटबल टिमका खेलाडी मनिष डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
खेल सप्ताहमा एथ्लेटिक्स, कबड्डी, फुट्सललगायत २० वटा खेलमा विद्यार्थीहरुले हाउस अनुसार प्रतिस्पर्धा गरेको विद्यालयका प्रार्चाय दीपक विष्टले जानकारी दिएका छन् । ”प्रतियोगीतामा १४ स्वर्ण पदक सहित ऐल्लो हाउसले मित्रश्री रनिङ शिल्ड कप जित्न सफल भएको छ,” प्रर्चाय विष्टले भने ।

समापन कार्यक्रममा राष्ट्रिय फुटबल टिमका खेलाडी डाँगी, चाँगुनारायण वडा न. २ का वडाअध्यक्ष सोम प्रधान, वडा सदस्य उमेश प्रधान, प्रेम खत्री, अभिभावक रामचन्द्र आचार्यलगायतको उपस्थिती रहेको थियो । अथितीहरुले विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए ।