Thursday, October 29, 2026
Home समाचार आफ्नो तीन वर्षको छोरालाई आमाले कलेजो दान दिएपछि…….

आफ्नो तीन वर्षको छोरालाई आमाले कलेजो दान दिएपछि…….

163

भक्तपुर । कलेजो प्रत्यारोण गरेका तीन वर्षीय बालक आज डिस्चार्ज भएका छन् । पुस २७ गते भक्तपुुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा ती बालकको कलेजो प्रत्यारोपण गरिएको थियो । बारा जिल्ला सिमराका ३ वर्षीय ती बालकका लागि उनकै ३० वर्षीय आमा सिता भट्टले कलेजो दान दिएकी हुन् । प्रत्यारोपित बालकको स्वास्थ्य र आमा अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताए । डा. श्रेष्ठका अनुसार, यसअघि नेपालमा यति सानो बालकको कलोजो प्रत्यारोपण गरिएको थिएन । बच्चालाई आइतबार ९ दिन र आमालाई ६ दिनमा डिस्चार्ज गरिएको डा. श्रेष्ठले बताए ।

बालकको अप्रेसनमा ५० जान चिकित्सकको टोलीले १४ घण्टा लगाएको श्रेष्ठले बताए । डा. श्रेष्ठको नेतृत्वमा भएका प्रत्यारोपणमा केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीले सार्वजनिक बिदाका दिन पनि प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पुजा अमात्य लगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा.सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा. वर्षा वर्मा तथा भारतीय चिकित्सकको पनि सहभागिता रहेको थियो । बच्चामा हुने क्यान्सरका कारणले ती बालकको कलेजो फेल भएको थियो । उनको पीता नेपालमा सामान्य रोजगारी गर्दै आइरहेका छन् । केन्द्रका वरिष्ठ प्रशासक सहायक विश्वनाथ पौड्यालका अनुसार १५ देखि २० लाखसम्म रुपैयाँ कलेजो प्रत्यारोपणमा खर्च लाग्ने गर्दछ ।