काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्न अनुरोध गरेका छन्। आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रुस, युक्रेन सेनामा नेपालीहरू भर्ती भएको विषयबारे जानकारी दिँदै जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीति विपरीत, संविधानको मर्म विपरीत, संविधानको मर्म विपरीत र लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना...
काठमाडौं : राजस्व अनुसन्धान विभागले हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ। गएराति क्षेत्रपाटीस्थित निवासमा छापा मारी करिब सवा २ करोड नगदसहित उनलाई नियन्त्रणमा लिएको विभागका महानिर्देशक नवराज ढुंगानाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए। उनलाई अहिले राजस्वको हिरासतमा राखिएको छ। अवैध कारोबारमा उनको टिम नै संलग्न रहेको र उनीसँगै अरु दुई जनालाई...
जनकपुरधाम : मधेश प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदैछ। अन्तरिम संविधानमा संघीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको प्रथम मधेश आन्दोलनको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ। मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते यही दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले शहादत दिएको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका...
काठमाडौं : ललितपुरका विभिन्न स्थानमा शुक्रबार विद्युत् आपूर्ति बन्द हुने भएको छ। ‘फिडर’ तान्नुपर्ने भएकाले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म ६ घण्टा बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गोदावरी नगरपालिकाको चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्न लागिएको हो। यस क्रममा गोदावरी नगरपालिका ५, ६ ११, १२,...
काठमाडौं : संघीय संसदको आगामी अधिवेशनमा पनि ‘बिजनेस’ अभाव हुने देखिएको छ। बर्खे अधिवेशन यता प्रतिनिधिसभामा निर्माण व्यवसायसम्बन्धी एउटा मात्रै विधेयक दर्ता भएसँगै आगामी हिउँदे अधिवेशनमा बिजनेस कम हुने देखिएको हो। राष्ट्रिय सभामा भने हालसम्म कुनै पनि नयाँ विधेयक दर्ता नभएको पनि संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनका अनुसार हाल प्रतिनिधि सभामा विद्युतीय व्यापार विधेयक, राष्ट्रिय...
भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ। केही महिनादेखि कम भएको जातीय द्वन्द्व फेरि हिंसामा परिणत भएको भारतीय अधिकारीले जनाएका छन् । हिंसामा पाँच सर्वसाधारण र सेनाका तीन जवानसहित आठ जनाको मृत्यु भएको छ। बुधबार तीन प्रहरीको मृत्यु भएको र ६ प्रहरी घाइते भएको क्षेत्रमा त्यसको भोलिपल्ट सेनाका तीन जवान मारिएको जनाइएको छ। सेनासँग भएको झडपमा कयौँ मानिस...
भक्तपुर । सशस्त्रकी बक्सिङ खेलाडी गोसाई भक्तपुरमा मृत फेला परेकी छिन । सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई आज आफ्नै घरमा मृत फेला परेकी हुन्।जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार, २८ वर्षीया गोसाई भक्तपुर नगरपालिका-८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकि हुन । गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान...
ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन्। प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो। अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका...
बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि प्रहरीले बाबुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
यो घटना पश्चिम सुर्खेतको हो। बहिनीमाथि बलात्कार भएपछि दाजुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गत असोजमै जाहेरी दिएका थिए। प्रहरीमा घटनाबारे जाहेरी दिएका दाजुको गत सोमबार राति घरनजिकै रहेको बाख्रा खोर छेउ हत्या भएको अवस्थामा शव फेला परेको थियो। उनलाई धारिलो हतियार प्रयोग गरी...
काठमाडौं : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। तेह्रथुम,धादिङ, बारा, रुपन्देही र मोरङमा भएका दुर्घटनमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका-७ स्थित सडकमा को१ख५८२९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा सिन्धुपाल्चोक...










