Thursday, April 16, 2026
Home Blog Page 2242
लालबहादुर विक अछाम । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले नेपालमा कर्मचारीहरुलाई राणाकालिन र पञ्चायतकालिन चलनचल्ति अझै रहेको बताएका छन । अछाम सदरमुकाम मंगलसेनमा भएको सूचनाको हक सम्वन्धिको अन्र्तक्रिया कार्यक्रममा बोल्दै बास्कोटाले राणाकालमा कर्मचारी राणाप्रति गोप्य हुने, पञ्चायतमा पञ्चप्रति गोप्य हुने गरेको अवस्थामा गणतन्त्रमा आईपुग्दा पनि हाकिम प्रति गोप्य हुन खोज्नु र सूचना लुकाउनु राणा र पञ्चायतकालिन चलनचल्ति...
लालबहादुर विक अछाम । स्थानिय युवाहरुलाई सूचना प्रविधिको पहुचमा पुर्याँउने र युवाहरुमा सकारात्मक सन्देश प्रवाह गर्दै रचनात्मक क्रियाकलापमा अग्रसर गराँउने उद्देश्य सहित जिल्लाको दुनी गाविसको चौखुट्टे बजारमा युवा सूचना केन्द्रको स्थापना गरिएको छ । जुनतारा युवा क्लव दुनीको सक्रियतामा सेभ द चिल्डेनको सहयोगमा वाक नेपालद्धारा सञ्चालित युवा सशक्तिकरण परियोजनाको ३ लाख ५० हजारको लागतमा सूचना केन्द्र स्थापना गरिएको हो । संस्थाले...
गुल्मी । दशैंमा हराएकी पाल्पाकी बिनु थापा पुलामी मगरको मृत शरीर सडेको अवस्थामा भेटिएको छ । बिनुको शव बेवारिसे अवस्थामा मालुंगा नजिकैको गण्डकीको तिरमा प्रहरीले भेटाएको हो । बिनुका भाई डिबी थापाले पत्रकार सम्मेलन गरेर श्रीमान् दिपेन बस्यालले हत्या गरेको दाबी गरेका छन् । लामो समयदेखिसँगै बस्दै आएपनि दिपेनका घरपरिवारले बिनुलाई स्वीकार नगरेको खुलेको छ । दिपेनले २०६९ साल...
जानु काङबाङ लिङदेन नियाल्दै छु नजिकबाट परिबर्तित धरान बजारलाई लाग्छ म भन्दा छिट्टो दौडी रहेछ ऊ, म तरुनी हुँदा ऊ बच्चै थियो अहिले १ म बुढी हुँदा ऊ मस्त तरुनी भएको छ ्र हरेक साँझ उसलाई चुमेर निदाउने विजयपुर डाँडा, साँगुरी भन्ज्यांग र भेडेटार डाँडा लाग्छ उसकै पर्खाईमा आफ्नो बैश अलिअलि उभारेर बसेका छन् ्र उहिल्यै स्कुले जीवनमा बिहान बेलुकी ओहोरदोहोर गर्ने गरेको देशी लाईन...
तरकारीवालीको रुपमा संसारभर परिचय बनाउँदै भाईरल बनेकी गोरखाकी कुशुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म निशुल्क छात्रवृत्ती प्रदान गरिएको छ । कुशुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्र निर्माता कम्पनी पपुलर मल्टी मीडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यतामा छात्रवृत्ती प्रदान गरिएको हो । त्यस्तै, काठमाण्डौको बबरमहलस्थित नेपाल मेघा कलेजको सहकार्यतामा स्नातक र...
काठमाडौँ – भारतमा निर्यात हुँदै आएको अदुवामा भारत सरकारले रोक लगाएपछि नेपाली अदुवा व्यापारी मर्कामा परेका छन् । भारतले नेपालमा उत्पादन भएको अदुवामा एल्डी कार्ब भन्ने विषादी प्रयोग भएका कारण देखाई आयातमा रोक लगाएको बताइन्छ । सङ्घबाट भारतको बैङ्गलोरकै खाद्य परीक्षण शाखामा परीक्षण गराइँदा उक्त विषादी नभएको पुष्टि भएको पत्रकार सम्मेलनमा नेपाल अदुवा उत्पादक सङ्घका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।त्यस्तै,...
–लालबहादुर विक अछाम । संगीतको तिर्थस्थल मानिने मुम्बईमा अचेल म्यूजिक भिडियो बनाउनेहरुको होड चलेको छ । यस्तैमा मुम्बईका नेपाली युवाको चन्दु ताम्राकारको फिल्मी शैलीको म्युजिक भिडियो हालै युट्यूव मार्फत सार्वजनिक भएको छ । अछाम को रामारोशन गाविस वडा न.२मा जन्मिएर मुम्बै लाई कर्म थलो बनाएका चन्दु एक भारतमा चौकी दारी गरेर बसेका उनका बुवा डम्मर टमट्टाका कन्छो छोराका रुपमा जन्मिएका...
८ मङ्सिर खोटाङ – एक किशोरीलाई बलात्कार गरेको आरोपमा खोटाङ दोर्पाचिउरीडाँडा–४ स्थित लामीडाँडा निवासी नेपाली काङ्ग्रेसका स्थानीय प्रतिनिधि ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध उजुरी परेको छ । गोठमा राति एक्लै सुतिरहेकी एक १८ वर्षीया किशोरीलाई कात्तिक २९ गते बेलुका खुकुरी देखाएर मुख थुनी खत्रीले जबर्जस्ती बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । उनी सोही दिनदेखि फरार रहेको पीडितपक्षका परिवारले बताएका...
८ मङ्सिर पोखरा । ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लबले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ । दुर्घटनामा परी एभिया क्लबमा कार्यरत रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो । आज बिहान कास्कीकोटको लौरुकस्थित आफ्नै हवाइ मैदानमा भएको दुर्घटनामा क्यानेडियाली महिला जिलेनी भोल्कर घाइते भएको उनले जानकारी दिए ।...
मंसिर ८ । भक्तपुर । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रलाई राजनितिक हस्तक्षेप मुक्त हुनपर्ने बनाएका छन् । पद्म उच्च मावि भक्तपुरको ९३ औं वार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने ‘शिक्षा क्षेत्रलाई हस्तक्षेप मुक्त गरेर प्राविधिक शिक्षामा जोड् दिनु पर्दछ ।’ शिक्षालाई उत्पादन क्षेत्रसंग जोडेर मुलुकको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने स्तरको शिक्षाको आवश्यकता भएको मन्त्री पौडेलको भनाई छ...