हेडमास्टरका छोराले श्रीमतिको हत्या गरे

274

binu-thapa-358x300
गुल्मी । दशैंमा हराएकी पाल्पाकी बिनु थापा पुलामी मगरको मृत शरीर सडेको अवस्थामा भेटिएको छ । बिनुको शव बेवारिसे अवस्थामा मालुंगा नजिकैको गण्डकीको तिरमा प्रहरीले भेटाएको हो । बिनुका भाई डिबी थापाले पत्रकार सम्मेलन गरेर श्रीमान् दिपेन बस्यालले हत्या गरेको दाबी गरेका छन् । लामो समयदेखिसँगै बस्दै आएपनि दिपेनका घरपरिवारले बिनुलाई स्वीकार नगरेको खुलेको छ । दिपेनले २०६९ साल भाद्र १५ गतेको गरेको विवाह दर्ता पनि नक्कली भएको बिनुका भाई थापा मगरले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थिए । गएको दशैंमा ताँहु–७ फुरूंग्डी घरमा गएको बेला दिपेनको घरपरिवारले टिका समेत नलाएपछि बिनुले बुबा नरबहादुर पुलामीलाई फोन गरेर जनाकारी गराएकी थिइन । त्यसपछि बिनु वेपत्ता भएकी थिइन् । बुवा नरबहादुरले छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालय प्रहरीमा किटानी जाहेर गरेका थिए । बिनु बिएससी अध्ययन गर्दै थिइन भने दिपेन जिल्ला शिक्षा कार्यालय पाल्पामा कार्यरत छन् । उनीहरु लामो समयदेखि तानसेनमा बस्दै आएका थिए । दिपेनको बुबा लक्ष्मण बस्याल जनप्रिय मा.वि. हेक्लांगका प्रध्यानापक र शिक्षक संघ पाल्पाका पूर्वअध्यक्ष हुन । बिनुका दोषिलाई कार्वाहीको दायरमा ल्याउन माग गर्दै पाल्पाको अगुवाहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । – onlinedabali