क्यारेमका गोटी चलाउने युवाहरु कम्प्यूटर चलाउदैँ

391

लालबहादुर विक
अछाम । स्थानिय युवाहरुलाई सूचना प्रविधिको पहुचमा पुर्याँउने र युवाहरुमा सकारात्मक सन्देश प्रवाह गर्दै रचनात्मक क्रियाकलापमा अग्रसर गराँउने उद्देश्य सहित जिल्लाको दुनी गाविसको चौखुट्टे बजारमा युवा सूचना केन्द्रको स्थापना गरिएको छ ।
जुनतारा युवा क्लव दुनीको सक्रियतामा सेभ द चिल्डेनको सहयोगमा वाक नेपालद्धारा सञ्चालित युवा सशक्तिकरण परियोजनाको ३ लाख ५० हजारको लागतमा सूचना केन्द्र स्थापना गरिएको हो । संस्थाले उपलब्ध गराएको बजेटवाट युवा क्लवले ५ ओटा कम्प्यूटर खरिद गरि सूचना केन्द्रमा राखेर बेरोजगार र क्यारेमका गोटी चलाँउने युवाहरुलाई कम्प्यूटर शिक्षा प्रदान गराईरहेको छ । सूचना केन्द्रमा दैनीक रुपमा दर्जन बढी युवाहरु बिभिन्न जाँनकारी लिनका लागि आँउने गर्दछन भने कम्प्यूटर तालिम पनि लिईरहेका छन । युवा क्लवले संस्थावाट पाएको सहयोगले सूचना केन्द्रमा आवस्यक फर्निचर लगायत अन्य ब्यावस्थापन, युवासंग सम्वन्धित बिभिन्न पुस्तकहरु, पत्रपत्रिका, लोकसेवा तयारीका पुस्तकहरु समेत राखेर युवाहरुलाई आर्कषित गरेको छ । यसवाट युवाहरुले फुर्सदको समयको सदुपयोग गर्दै बिभिन्न ज्ञान सीप लिईरहेको युवा क्लवका अध्यक्ष सुरेश आउजीले बताए । सूचना केन्द्र स्थापना गरि युवाहरुले रचनात्मक अभियानको सुरुवात गरेको भन्दै स्थानिय सरोकारवाला पनि दंग छन । जिल्लामा जिल्ला युवा संजालले पछिल्लो समय युवाहरुलाई संगठीत गर्दै नेतृत्व विकास, क्षमता विकास, सीप विकास र युवा सहभागिताका लागि बिभिन्न गतिविधी गरेपश्चात युवाहरुमा जागरण आएको छ ।