अदुवा निर्यातमा भारत सरकारले रोक लगायो

216

काठमाडौँ – भारतमा निर्यात हुँदै आएको अदुवामा भारत सरकारले रोक लगाएपछि नेपाली अदुवा व्यापारी मर्कामा परेका छन् ।
भारतले नेपालमा उत्पादन भएको अदुवामा एल्डी कार्ब भन्ने विषादी प्रयोग भएका कारण देखाई आयातमा रोक लगाएको बताइन्छ ।
सङ्घबाट भारतको बैङ्गलोरकै खाद्य परीक्षण शाखामा परीक्षण गराइँदा उक्त विषादी नभएको पुष्टि भएको पत्रकार सम्मेलनमा नेपाल अदुवा उत्पादक सङ्घका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।
ginjar-photo
त्यस्तै, अदुवा निर्यातमा भारतीय प्रशासनले सुरु गरेको झन्झटिलो प्रक्रिया, चर्को क्वारेन्टाइन शुल्क, दोहोरो करको समस्याका कारण नेपाली अदुवा व्यापारी प्रभावित भएको सङ्घको भनाइ छ । ती समस्या समाधान गर्न पहल गर्न सङ्घले नेपाल सरकारलाई आग्रह गरेको छ ।