मुम्बईमा नेपाली युवाको सांगीतीक यात्रा (भिडियो सहित)

519

–लालबहादुर विक
अछाम । संगीतको तिर्थस्थल मानिने मुम्बईमा अचेल म्यूजिक भिडियो बनाउनेहरुको होड चलेको छ । यस्तैमा मुम्बईका नेपाली युवाको चन्दु ताम्राकारको फिल्मी शैलीको म्युजिक भिडियो हालै युट्यूव मार्फत सार्वजनिक भएको छ । अछाम को रामारोशन गाविस वडा न.२मा जन्मिएर मुम्बै लाई कर्म थलो बनाएका चन्दु एक भारतमा चौकी दारी गरेर बसेका उनका बुवा डम्मर टमट्टाका कन्छो छोराका रुपमा जन्मिएका थिए उनी जन्मिएको १ बर्षमै उनका बुवा पैसा कमाउन र घर परिवार धान्न का लागि सपना लिएर । चन्दु भन्छन – ‘मैले यो म्यूजिक भिडिगयोबाट ठूलै आशा गरेको छु ।’ यो म्यूजिक भिडियोमा देखाईएका लोकेशनहरु पनि मनमोहक छन् । मनिषा खड्काको शब्द र ओम सुनार कोआफ्नै स्वर र सङगितम रहेको ‘सुन न मनको कुरा’ बोलको म्युजीक भिडियो मा चन्दु सङ्गै अस्मिता लामिछनेको अभिनय रहेको छ । उक्त म्यूजिक भिडियोलाई दिनेश पौडेलले बलिउड शैलीमा निर्देशन गरेका छन् । गौतमराज खड्काको सम्पादनमा तयार भएको भिडियोलाई रामेश्वर हुमागाइँको छायांकन गरेका छन् । उक्त भिडियोलाई अहिलेसम्म एकतिस हजार भन्दा धेरैले हेरीसकेका छन् ।