शिक्षा क्षेत्र हस्तक्षेप मुक्त हुनु पर्दछः मन्त्री पौडेल

421

mantri-paudel-photo
मंसिर ८ ।
भक्तपुर । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रलाई राजनितिक हस्तक्षेप मुक्त हुनपर्ने बनाएका छन् ।
पद्म उच्च मावि भक्तपुरको ९३ औं वार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने ‘शिक्षा क्षेत्रलाई हस्तक्षेप मुक्त गरेर प्राविधिक शिक्षामा जोड् दिनु पर्दछ ।’
शिक्षालाई उत्पादन क्षेत्रसंग जोडेर मुलुकको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने स्तरको शिक्षाको आवश्यकता भएको मन्त्री पौडेलको भनाई छ ।
‘नेपाल जलश्रोत र प्राकृतिक स्रोतको धनी भएकाले ती क्षेत्रसंग सम्बन्धी जनशक्ति उत्पादन गर्न सबैले चासो दिनु पर्दछ,’ मन्त्री पौडेलले भने ।
भुकम्पपछिको पुनर्निमार्ण कार्यले तिव्रता पाउन नसकेको भन्दै मन्त्री पौडेलले समयमा नै भत्किएका संरचनाहरुको निर्माण काम हुन नसक्दा शिक्षा क्षेत्रमा समेत असर परेको बताए । mantri-paudel-photo-jpg-1
मुलुक गणतन्त्रमा भएपनि शिक्षा निति पंचायत कालिन २०२८ सालको तिर भएकाले वर्तमान समयमा त्यो नितिले काम नगर्ने उनको भनाई छ ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझी लगायतले नयाँ शिक्षा ऐन आएकाले समय अनुकुल परीर्वतन हुने विश्वास व्यक्त गरेका छन् ।
वार्षिकउत्सवमा आयोजित पद्मकप भलिबलको उपाधी आर्दशजनप्रेमी उच्च माविले जितेको छ । उक्त प्रतियोगीतामा सैनिक आवसीय महाविद्यालय दोस्रो र आयोजक पदम उच्च मावि तेस्रो भएको छन् ।
प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल टिमलाई क्रमशः १०, ६ र ३ हजार नगद साथै ट्रफी प्रदान गरीएको आयोजक संस्था पद्म उच्च माविका प्राचार्य राम हाडाले जानकारी दिएका छन् । यसैगरी कार्यक्रममा विद्यालयको विभिन्न कक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई नगद पुरस्कारले सम्मान गरीएको छ ।