सुन्दर धरान

472

jj
जानु काङबाङ लिङदेन
नियाल्दै छु नजिकबाट परिबर्तित धरान बजारलाई
लाग्छ म भन्दा छिट्टो दौडी रहेछ ऊ, म तरुनी हुँदा
ऊ बच्चै थियो अहिले १ म बुढी हुँदा ऊ मस्त तरुनी
भएको छ ्र हरेक साँझ उसलाई चुमेर निदाउने विजयपुर डाँडा, साँगुरी भन्ज्यांग र भेडेटार डाँडा लाग्छ उसकै पर्खाईमा आफ्नो बैश अलिअलि उभारेर
बसेका छन् ्र
उहिल्यै स्कुले जीवनमा बिहान बेलुकी ओहोरदोहोर गर्ने गरेको देशी लाईन झिलिमिली छ ्र सडकका पेटी पेटी खुद्रा ब्यापार गरेर गुजारा चलाउनेहरुको ओईरो छ ्र ओरिपरिका हरिया डाँडा काँडाहरुलाई टाउको उठाएर हेर्ने सम्म फुर्सद छैन मान्छेलाई १ सिंगो देशिलाईनमा मेरो पालाको दोकान एउटा मात्र छ पुरानो अम्मर फोटो स्टुडियो १ उसले पनि समय अनुसार बाच्न जानिसकेको छ उहिल्यै जस्तो फोटोको रिल पानीमा चोबेर फरर्र।।।।झुन्द्याएर सुकाउदैन बरु कम्प्युटरमा आधुनिक पाराको तार मोबाईलमा जोडेर नराम्रो मान्छेको फोटो पनि बिस्व सुन्दरी जस्तै निकाली दिन्छ ्र मानौ अम्मर फोटो स्टुडियो साँच्चिनै अम्मर बनेको छ ्र
धरान उपत्यकालाई सुम्सुम्याएर जिउने सुन्दर डाँडा खोलाहरु लिम्बुवानको एक ऐतिहाँसिक पाना उचालेर सदियौं देखि आफु हुनुको परिचय दीइरहेका छन् ्र
तर मैले उहिल्यै देखेको विजयपुर डांडा अहिले लागेन ्र बुढो सुब्बा बाजेले आफ्नो छेउछाउमा चुपचाप थुप्रै शहर बसाएछ, तर कबि उपेन्द्र सुब्बाको भानु बाजे भानुचोकको धुलो खाँदै उस्तै उभिएको छ ्र उसलाई
मतलब छैन कसैको १ कति टेम्पो आएर ठोक्किए, कति मोटर साईकलले जोते गाडी र ट्रकले हाने तै पनि उसले आफ्नो धर्म छाडेको रहेनछ, जस्तो उभ्नु भनियो उस्तै उभिएर युगलाई अगाडी ठेलिरहेको छ ्र
म नजिकैको घन्टाघर निर उभिएकी थिएँ ्र घाम चर्को थियो ्र झापामा नपाईने साईली साग र डल्ले खुर्सानी किनेर भारि बोकेंकी थिएँ ्र बेलायतले थिर्याएको मेरो गहुगोरो निधार घामको रापले तताएर आरनमा पोलेर कुट्न तयार गरेको फलामको पाता झैं रंकिन्दै थियो ्र एकजना बुढी आमा सकिनसकी कुम्ल्लो बोकेर मेरै अगाडी हात पसारेर चिया खाऊ लाग्यो नानि मलाई १० रुपयाँ दिनुस रु हेरें मतुवाली अनुहार परेको पिरको चुली बोकेर सदियौ खालि खुट्टा हिडेको हिद्याई छ सायद १ ठ्याक्कै मेरो अनुमान भन्दा पनि पर उसको म बाट १० रुपैंया पाउने आशाको किरण ले मेरो मन खिची रहेको थियो ्र चुपचाप २ सय नोकालेर दिएँ, २ सय पाएपछिको उनको खुशी मैले हेर्न सकिन अनि ओरालो लागेँ ्र