साल्ट ट्रेडिङ पोखराका जिन्सी प्रमुख पक्राउ

266

११ पुस,
पोखरा । दश वर्ष अगाडि भएको हत्यामा संलग्न भएको अभियोगमा साल्ट ट्रेडिङ पोखराका जिन्सी प्रमुख प्रकाश भन्ने मिलन श्रेष्ठ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ३० वर्षीय श्रेष्ठलार्इ पोखराको पृथ्वीचोकबाट पक्राउ परेको हो । प्रहरीका अनुसार २०६३ असार ३२ गते गुल्मी शान्तिपुर धुवाकोट(९ स्थायी घर भई सामाखुसी बैकुण्ठ पुनको फलामको पाताले हानेर हत्या गरिएको थियो । घटना हुनु केही अघि पुन र रामबहादुर थामीबीच झगडा भएको थियो । लगतै प्रकाशसहितको टोलीले रानीवारी चोकमा भेटेर पुनमाथि फलामको रड प्रहार गरेका थिए । घटनापछि भागेर मकवानपुर पुगेका प्रकाशको समूह केही समयपछि काठमाण्डौं बोराटारमा बस्न थाले । प्रकाश भन्ने मिलन श्रेष्ठले मिति २०६६ सालमा साल्ट ट्रेडिङ पोखराका जिन्सी प्रमुख १० वर्ष पुरानो हत्याकाण्डमा समातिएमा खरिदारको पदमा जागिर खाए । सुरूमा वाग्लुङ गएका उनी अहिले हाल साल्ट ट्रेडिङको अंचल कार्यालय कास्कीमा जिन्सी प्रमुखको रुपमा कार्यरत थिए ।