अष्ट्रेलियामा नेपाली युवकको डुबेर मृत्यु

177

सिड्नी । क्रिसमस र नयाँ वर्षको रौनक चलिरहेका बेला अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवकको मृत्यु भएको छ ।
क्रिसमसको पिकनिक खान भन्दै रोयल नेशनल पार्कको वाटामोला समुद्री किनारमा गएका २९ वर्षीय सुजन अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।हर्सभिलको क्विन स्ट्रिटमा बस्दै आएका उनी साथीहरुसँग पिकनिक खान गएका थिए ।
काठमाडौंको कीर्तिपुर घर भएका अधिकारी अध्ययनको सिलसिलामा अष्ट्रेलिया आएका थिए ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले अधिकारीको निधनप्रति शोक व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाला अध्यक्ष सुरेन्द्र सिग्देलले मृतकप्रति श्रद्धाञ्जली र परिवाजनप्रति समवेदना व्यक्त गरे । ‘नेपालीहरुको संख्या बढेसँगै यस्ता दुर्घटनाका खबर आउन थालेका छन् । हामी चिन्तित छौं । चाडबाडको समयमा भएको यो दुखद घटनाले गैरआवासीय नेपालीहरु शोकाकुल छन् ।’ उनले शव नेपाल पठाउन एनआरएनले पहल गरिरहेको पनि बताए ।