Saturday, September 26, 2026
Home Uncategorized नेपाल बैंकका प्रबन्धकको बाथरुममा लडेर मृत्यु

नेपाल बैंकका प्रबन्धकको बाथरुममा लडेर मृत्यु

225

पुस ११,
झापा । नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ । आइतबार राति बाथरुममा चिप्लिएर उनी लडेका थिए। बाथरुममा लडेर अचेत भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पुर्‍याइए पनि उनको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । एकचालिस वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आएका थिए । काठमाडौँ स्थायी घर भएका उनी बनेपाबाट सरुवा भएपछि बिर्तामोड शाखामा कार्यरत थिए ।