बुधबारदेखि न्यूरोडमा मोबाइल महोत्सव

156

काठमाडौं–नेपाल मोबाइल व्यवसायी संघले यही पुष १३ गतेदेखि न्यूरोड मोबाइल महोत्सव २०७३ को आयोजना गर्ने भएको छ ।
संघले आइतबार पत्रकार सम्मेलन गरी मोबाइल हबको रुपमा चिनिने न्यूरोडमा महोत्सवको आयोजना गर्न लागिएको जानकारी गराएको हो । नयाँ वर्ष २०१७ को अवसर पारेर न्यूरोड, ताम्राकार कम्प्लेक्स, पिपुल्स प्लाजालगायतका क्षेत्रमा मोबाइल महोत्सव गर्न लागेको हो । जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने नाराका साथ अहिलसम्मकै ठुलो मेला आयोजना गर्न लागेको आयोजकको दावी छ । उपभोक्ताले गुणस्तरिय मोबाइल सेटहरु मात्र खरिद गरुन भन्ने उद्धेश्यले मेलाको आयोजना गर्न लागिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको मेलामा मोबाइल सेट खरिद गर्ने उपभोक्तालाई विशेष छुट र उपहारको समेत व्यवस्था गरिएकोपनि जानकारी दिइएको छ । महोत्सव पुष १९ गतेसम्म चल्नेछ ।