सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

262

पुस ११,
जाजरकोट । अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा झाप्रा गाविस-१ का २२ वर्षीय पदम महर र सोही गाविस-२ का २० वर्षीय विश्व थापालाई प्रहरीले पुस ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले पुस ६ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले पुस ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हिक्मत बोहोराले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा गरिएको छ । हाल पीडित बालिकाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।