हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जनजिवन प्रभावित

352

लालबहादुर विक
पुस ११
अछाम । हिउंदे वर्षाले गर्दा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा अत्याधिक चिसो बढेको छ । वर्षासँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । मौसममा बदली भई अछाम लगायत आसपासका जिल्लाहरुमा आईतबार बिहानैदेखि हिमपातका साथै वर्षात भएको छ । अछामको उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । पहाडी भेगमा हिमपात सुरु भएसँगै जिल्लामा एकदमै चिसो बढेको छ । आईतबार विहानबाट एकाएक परिबर्तन भएको मौसमका कारण आईत बार राति नै पहाडी भेगमा हिमपातहुनुका साथै तल्लो क्षेत्रमा पानी परेको थियो । पानी परेसंगै त्यस क्षेत्रमा चिसो बढेको छ । चिसो बढेसंगै त्यस क्षेत्रका बृद्ध बृद्धा तथा बालबालिका बढि प्रभावित बनेका छन । चिसो बढेसंगै विभिन्न रोगको संक्रमण हुने भएकाले यसबाट बच्नको लागी सजगता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन । यहाँ असोजपछि पहिलो पटक पानी केहि स्थानमा पानि परे पनि केहि स्थानमा भने अझै कृषक हरुले गहुँ पानिले चार्नेकाम भने जारीरहेको छ । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा गहुँ पाखो जमिनमा हिउँदे खेती लगाएका किसान हरुलाई खेति सुक्ने चिन्ता बडिरहेको बेला पानी पर्दा केहि स्थानका कृषक हरुलाई भने राहत पुगेको छ । आकाशे पानी कुरीरहेका किसान पानी पर्न थालेपछि खुशी भएका छन् । उच्च पहाडी भेगमा परेको हिउपातसँगै चिसोले यहाँको जनजीवन प्रभावित बनेको छ । बिहानबाट एकाएक मौसम बदली भएपछि दिनमा अलिअलि घाम लागेको थियो । जिल्लाको रामारोशन लगाएत आसपासका केहि गाविस हरुको केहि स्थानमा हिउँ परेको छ भने रामारोशन,भटाकाटिया,बाटुलासेन र शान्तडा लगाएतका स्थानमा पानि परेको छ । बर्षातले सुदुर पश्चिमका अछाम,बाजुरा,बझाङर,बैतडी लगाएतका पश्चिमी जिल्ला हरु प्रत्यक्ष प्रभावित भएका छन ।