नुवाकोटमा आलुखेतिबाट किसानले एक अर्ब कमाए

350

चैत ७,
त्रिशूली । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए ।
उनका अनुसार गत वर्ष रु ८७ करोड बराबरको तथा अघिल्लो वर्ष रु ८५ करोड बराबरको आलु उत्पादन भएको थियो ।
जिल्लामा यस वर्ष आलुको उत्पादनमा वृद्धि तथा उचित मूल्य पाएपछि किसान उत्साहित भएका छन् । स्थानीय बजारमा अहिले आलुको मूल्य प्रतिकिलो रु १३ देखि रु १५ मा कारोबार हुँदा किसान प्रतिकिलो पाँच रुपैयाँसम्म नाफा गर्न सफल भएका छन् ।
जिल्लामा दुई याममा गरी चार हजार ३०० हेक्टरमा आलु लगाइएको छ । प्रतिहेक्टर करिब १७ मेट्रिक टन आलु उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत डा गैरेले बताए ।
जिल्लाको प्रायः सबै स्थानमा आलु उत्पादनका लागि सुहाउँदो हावापानी रहेको छ । जिल्लाको माथिल्लो क्षेत्रका करिब ८०० हेक्टरमा लगाइएको बर्खे आलु भदौ महिनामा नौ हजार ४०० उत्पादन भएको थियो । फागुन÷चैतमा उत्पादन हुनेगरी तीन हजार ६०० हेक्टरमा लगाइएको आलु ६३ हजार नौ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । उक्त परिमाण गत वर्षभन्दा आठ हजार मेट्रिक टन बढी हो ।
आलुखेतीका लागि सुहाउँदो हावापानी भएकाले जिल्लामा कार्डिनल, एमएस४२ ९निलो०, जनकदेव, कुर्फिज्योति जात बढी लगाइन्छ । शीतभण्डारण ९कोल्ड स्टोरेज०को अभावका कारण आफू अनुकूलको मूल्य नपाएको किसानले गुनासो गरेका छन् । व्यापारीले अहिले किसानलाई प्रतिकिलो रु १५ सम्म खेतबारीमै मूल्य दिने गरेका छन् । तर त्यही आलु उपभोक्ताको घरसम्म पु¥याउँदा किसानले दोब्बर मूल्य पाउने गरेका किसानको गुनासो छ ।