अनुदानमा मकैको बीउ वितरण

852

पोखरा, ९ चैत । जिल्ला कृषि विकास कार्यालय, कास्कीले ७५ प्रतिशत अनुदानमा कास्कीका कृषकलाई यस वर्ष उन्नत जातका मकैको बीउ वितरण गरेको छ ।
मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत ११ टन मकैको बीउ वितरण गरिएको कृषि प्रचारप्रसार अधिकृत प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।
अरुण २, रामपुर कम्पोजिट र मनकामना जातको बीउ जिल्लाका थुम्की, माझठाना, मिजुरेडाँडा, घाचोक, पुरुन्चौर, देउराली, कृषि र भरतपोखरीका कृषकलाई वितरण गरिएको हो । कार्यालयले ६०० किलो अन्य उन्नत जातको बीउ समेत निःशुल्क वितरण गरेको छ । रासस