निर्वाचन चाहेर पनि कसैले रोक्न नसक्ने राणाको भनाई

268

चैत ९
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर जबराले अब निर्वाचन चाहेर पनि कसैले रोक्न नसकिने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै जबराले मधेशका पार्टीहरुसँग सरकारले संम्वाद गरिरहेको र हिजोदेखि २ नम्बर प्रदेशमा समेत निर्वाचन हुने सम्भावना बढेको बताए ।
राणाले सबै दलहरु निर्वाचनमा होमिसकेको र संशोधन पूरा नभए पनि केही मात्रामा परिमार्जित गर्ने सहमती भएको भन्दै अब निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताए ।
उनले प्रतिपक्षमा बसेर सरकारको आलोचना गरेता पनि राष्ट्रियताको नारा दिएर मात्र केही नहुने र मुलुकका महत्वपूर्ण बिषयबाट अल्गिएर निकास नमिल्ने भन्दै प्रतिपक्षले मधेशलाई बाईपास गरेर अगाडी बढ्न नहुनेमा जोड दिए ।
राप्रपा संशोधनको बिरोधमा नरहेको भन्दै उहाँले संशोधनको बिषय नयाँ शिराबाट समेत सुरु गर्न उहाँले सबैलाई आग्रह गर्नु भयो ।
राप्रपाको एजेन्डा निर्वाचन आयोगले हिन्दु राष्ट्र र चुनाव चिन्ह झिकेर बिबाद श्रृजना गरेको आरोप लगाँउदै आफ्नो पार्टी सरकार र सडकबाट आन्दोलन गर्दै स्थानिय तहको निर्वाचनमा जाने उनले बताए ।