चैत १५,
दाङ । जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक बताउँछन् । आज हुने स्वास्थ्य तथा शारीरिक शिक्षाको प्रश्नपत्र सोमबार नै बजारमा आएको छ । त्यसैगरी,...
चैत १५,
गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका इन्जिनियर शोभिन्द्र साहलाई सोमबार दिउँसो एक समूहले कार्यकक्षमै कुटपिट गरेको छ । इन्जिनियर साहका अनुसार उनी आफ्नो कार्यकक्षमा काम गरिरहेकै क्रममा स्थानीय नवीन साह, अजित चौधरी, सञ्जय बालग्वाल लगायतका व्यक्तिले आएर गाली, बेइज्जति गर्नुका साथै कुटपिट गरेका छन् ।
नगरपालिका क्षेत्रभित्र नगर विकास कोषको योजना र बजेट बाँडफाँडको टेन्डरसम्बन्धी सूचना प्रकाशन गरेको...
चैत १५,
काठमाडौं । सरकारले सुरक्षा दिए निर्वाचन आयोग देशभर एकै चरणमा एकैदिन निर्वाचन सम्पन्न गर्न सक्षम रहेका निर्वाचन आयुक्त सुदिप कुमार शाहले बताएका छन् । सर्वसाधारणलाई निर्वाचन स्थलसम्म आउने वातावरण तयार गर्ने र सुरक्षाको व्यवस्था मिलाउने दायित्व सरकार र राजनीतिक दलको रहेको उल्लेख गर्दै उनले आयोगले दुई नं. प्रदेशमा समेत एकै चरणमा निर्वाचनको कार्यक्रम लिएर जाने दाबी गरे...
चैत १५,
काठमाडौं । तीन हप्ता पहिले प्रदर्शनमा आएको निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म दर्पण छायाँ २ अब विदेश यात्रामा निस्किने भएको छ । अहिलेपनि नेपालभरका आधा दर्जन बढि हलमा प्रदर्शनरत फिल्मको केहि हप्तामै विदेश शो सुरु हुने भएको हो । केहि दिन पहिले नेपाल प्रदर्शनपछि अमेरिका प्रस्थान गरेकी निर्मात्री सवु गडाल कार्कीले अप्रिल महिनाबाट अमेरिकाका विभिन्न शहरमा दर्पण छायाँ...
चैत १५,
बर्दिया। भारतले नेपालीलाई पटक पटक दुःख दिदै आएको खबर सुन्नमा आउछ तर यस पटक बर्दिया अलि फरक घटना भएको छ । बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीले उक्त कुलो पुर्न लगाएको छ । कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र...
चैत १५,
एजेन्सी । पाकिस्तानले अफगानिस्तानसँगको सिमानामा पर्खाल निर्माण गर्न सुरु गर्ने भएको छ । सीमा क्षेत्रमा अफगानी विद्रोही लडाकूको गतिविधिलाई कम गर्ने उद्देश्यले सीमा क्षेत्रमा बार निर्माण गर्न लागिएको समयमा पाकिस्तानको पूर्वी छिमेकीद्वारा भने मिलेर बसेका समूदाय विभाजित हुने भनी आलोचना आएको छ । पाकिस्तान र अफानिस्तानलाई इराक लाइन ले विभाजित गरिएको छ । बेलायतीहरुले सन् १८९६ मा निर्माण...
चैत १५,
जाजरकोट । यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन् । फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुनेभएका हुन् । त्रिवेणी नलगाड नगरपालिका–८ स्वाँराको मानबहादुर खत्रीको छ जनाको परिवारले भोट हाल्न नपाउने भएको छ । फोटोसहितको मतदाता नामावली भर्न गाउँमा गएको जिल्ला निर्वाचन कार्यालयले व्यापक प्रचारप्रसार नगर्दा...
चैत १५,
कैलाली । चोरीमा सक्रिय गिरोहले भारतबाट चोरी गरेर नेपालमा बिक्री वितरण गर्न लागेको अवस्थामा दुईवटा कार र एउटा जनरेटर क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिमको (आरआईटी) टोलीले बरामद गरेको छ । बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा बेलादेबीपुरको सेहरी जंगलबाट होण्डा सिटी कार र गोदावरी नगरपालिकाको अत्तरिया बजारबाट हुण्डाई क्रेटा कार बरामद भएको सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी रोमेन्द्र सिंह देउजाले जानकारी...
चैत १५,
चितवन । निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारदेखि दैनिक ६ घण्टा बन्द गरिने भएको छ । निर्माण कार्यलाई तिब्रता दिन डेढ घण्टा बढाएर दैनिक ६ घण्टा र्पुयाइएको हो । यसअघि दैनिक साढे ४ घण्टा मात्रै सडक बन्द हुँदै आएको थियो। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बिहान १० देखि अपराह्न ४ बजेसम्म सडक बन्द रहने जानकारी दिए । काम...
चैत १४,सुर्खेत ।
विभिन्न राजनीतिक दलहरु वडादेखि नगरपालिकासम्म कसलाई उम्मेदवार बनाउने भनेर अन्तरक्रियामा जुटिरहेका बेला प्रदेश नं ६ को राजधानीको रुपमा प्रस्तावित सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदको लागि भने औपचारिक रुपमा गेहेन्द्र प्रसाद दाहालले आफ्नो उम्मेदवारको घोषणा गरेका छन् ।
आज रफत सञ्चार क्लब सुर्खेतको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट नभई स्वतन्त्र नागरिकको हैसियतले आफ्नो उम्मेदवारी घोषणा गरेको उनले...










