आजदेखि नारायणगढ–मुग्लिन सडक दैनिक ६ घण्टा बन्द हुने

551

चैत १५,
चितवन । निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारदेखि दैनिक ६ घण्टा बन्द गरिने भएको छ । निर्माण कार्यलाई तिब्रता दिन डेढ घण्टा बढाएर दैनिक ६ घण्टा र्पुयाइएको हो । यसअघि दैनिक साढे ४ घण्टा मात्रै सडक बन्द हुँदै आएको थियो। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बिहान १० देखि अपराह्न ४ बजेसम्म सडक बन्द रहने जानकारी दिए । काम चाँडै पूरा गर्न बन्दको समय बढाएको उनको भनाइ छ । आयोजनाले सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न समेत अपिल गरेको छ । यसअघि उक्त सडक सडकखण्ड बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुँदै आएको थियो । आगामी वैशाख सम्ममा उक्त सडकको निर्माण कार्य सकिनुपर्नेमा काम ५० प्रतिशत पनि हुन सकेको छैन । निर्माणको काम झण्डै ९ महिना थप भएको खनालले जानकारी दिए ।