अमेरिका र यूरोपमा दर्पण छायाँ २ प्रर्दशन हुने

290

चैत १५,
काठमाडौं । तीन हप्ता पहिले प्रदर्शनमा आएको निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म दर्पण छायाँ २ अब विदेश यात्रामा निस्किने भएको छ । अहिलेपनि नेपालभरका आधा दर्जन बढि हलमा प्रदर्शनरत फिल्मको केहि हप्तामै विदेश शो सुरु हुने भएको हो । केहि दिन पहिले नेपाल प्रदर्शनपछि अमेरिका प्रस्थान गरेकी निर्मात्री सवु गडाल कार्कीले अप्रिल महिनाबाट अमेरिकाका विभिन्न शहरमा दर्पण छायाँ २ प्रदर्शन हुन लागेको जानकारी गराईन् । फिल्मको अप्रिलमा हुने अमेरिका प्रदर्शनपछि यूरोप प्रदर्शन सुरु हुनेछ । यूरोपका बेल्जियम, हल्याण्ड (नेदरल्याण्ड), जर्मनी, स्पेन, डेनमार्कसँगै लण्डनका विभिन्न शहरमा समेत फिल्मको प्रदर्शनी हुनेछ । यूरोपका विभिन्न देशमा हुने ’शो’हरुमा निर्माण टिमका सदस्य समेत उपस्थित हुने बताईएको छ भने अमेरिकामा हुने शो हरुमा भने निर्मात्री सबुसँगै अर्का निर्माता रबी कार्की अनि डेब्यू अभिनेत्री साहारा कार्की समेत उपस्थित हुनेछिन् । त्यसो त पहिलो फिल्मबाट नै अभिनयमा राम्रो छाप छाडेको भन्दै धेरै दर्शकले साहाराको कामको तारिफ गरेका थिए । फिल्मले नेपालमा औसत विजनेस गरेको थियो । निर्मात्री सबुले फिल्मको व्यापारिक पाटो भन्दा पनि जतिपनि फिल्म हेर्ने दर्शकले दिएको प्रतिक्रियाबाट सन्तुष्ट रहेको दाबी गरिन् । सांगितिक प्रेमकथा बोल्ने फिल्ममा पुष्प खड्का, सहारा कार्की, श्रद्धा प्रसाईं, फिरोज तिमिल्सिना, जीवन, सेर बहादुर, सुमन लगायत लिड अभिनय छ ।