पाकिस्तानले अफगानी सीमामा बार लगाउने

335

चैत १५,
एजेन्सी । पाकिस्तानले अफगानिस्तानसँगको सिमानामा पर्खाल निर्माण गर्न सुरु गर्ने भएको छ । सीमा क्षेत्रमा अफगानी विद्रोही लडाकूको गतिविधिलाई कम गर्ने उद्देश्यले सीमा क्षेत्रमा बार निर्माण गर्न लागिएको समयमा पाकिस्तानको पूर्वी छिमेकीद्वारा भने मिलेर बसेका समूदाय विभाजित हुने भनी आलोचना आएको छ । पाकिस्तान र अफानिस्तानलाई इराक लाइन ले विभाजित गरिएको छ । बेलायतीहरुले सन् १८९६ मा निर्माण गर्न लागेको दुई हजार ४०० किलोमिटर सीमानामध्ये गत वर्ष एक हजार १०० किलोमिटर दक्षिणी सीमामा बार निर्माण गरिसकिएको छ । सेनाका अनुसार बाँकी आधाजसो सीमाबारलाई आगामी हप्तादेखि निर्माण सुरु गरिने छ । अफगानिस्तानका गृहमन्त्रीले पाकिस्तानी पक्षबाट सीमा सुरक्षाका लागि भनी सुरु गरेको कदमको विरोध जनाएको छ । यद्यपि निर्माण सुरु नभएको बताउँदै यसबारे थप प्रतिक्रिया नजाउने बताए । अफगानी गृहमन्त्रीले सीमानामा वार निर्माण गरेर आतंकवाद सम्बन्धि समस्या समाधान गर्न नसकिने तर यसले सीमा क्षेत्रका समुदायलाई विभाजित मात्र गराउने बताए ।