चैत्र १४, अछाम ।
नेकपा (क्रान्तिकारी) माओवादीलाई सुदूरपश्चिममा झट्का लागेको छ । उक्त पार्टीका केन्द्रिय सदस्य तथा अछाम÷बाजुरा ईञ्चार्ज सहितको टिम माओवादी केन्द्रमा समाहित भएपछि सुदूरपश्चिममा पार्टीलाई ठुलो झट्का लागेको हो ।
क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तपेन्द्र भण्डारी (बरुण) र पार्टीका अछाम जिल्ला सचिव खडक सिंह भण्डारी लगायत सदुरपश्चिमका अधिकाँश क्रान्तिकारी माओवादीका नेताहरु सोमबार माओवादी केन्द्रमा प्रवेश भएका हुन । सोही...
चैत १४,
भक्तपुर । नयाँवर्षको अवसरमा भक्तपुरमा ‘तेश्रो भक्तपुर औधोगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३।७४’ को आयोजना गर्ने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले आयोजना गर्ने मेला आगामी चैत्र २२ गतेदेखि बैशाख २ गतेसम्म १२ दिने मेला आयोजना हुने भएको हो ।
संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दिप महतले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण...
चैत १४,
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले मधेशी मोर्चालाई पनि सहमतीमा ल्याउन सबै दल लचिनो हुनुपर्ने बताएका छन् ।
उनले मोर्चालाई सहमतीमा ल्याएर निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गर्ने समेत दावी गरे ।
आज राप्रपाको मध्यपुर थिमि नगर कार्य समितिले भक्तपुरमा आयोजना गरेको मध्यपुर थिमि नगरपालिकाको २१ औं नगरपालिका स्थापना दिबस कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले निर्वाचन महान...
चैत १४,वासिङ्टन डिसी ।
नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् । बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको छ ।...
चैत १४,काठमाण्डौं ।
एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । बङ्गलादेशको शेख कमल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा १७९ रन बनायो ।
कप्तान ज्ञानेन्द्र मल्ल २ रन, सागर पुन ४...
चैत १४, काठमाडौं।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको योजना ल्याउने भएको छ ।भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एक/एक सुरुङ मार्ग र ‘फ्लाइओभर’ को कार्यक्रम ल्याउन लागेको हो ।
पूर्वाधार विकासमा सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ महत्वपूर्ण भएकाले दातृ संस्थाकै सहयोगमा काम हुन नसक्ने देखेर...
चैत १४, काठमाडौँ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलसिँग आज नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन र जनतालाई अधिकार...
चैत १४, पर्सा।
वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । यहाँको नाका प्रयोग गरी नेपालका लागि हुने सवारी साधन आयातमा कमी आएका कारण राजस्व सङ्कलन घटेको कार्यालय प्रमुख सेवन्त पोखरेलले बताए ।
भारत तथा तेस्रो मुलुकबाट आयात भएका जिप तथा कारमा नेपाली बैंकले लगानी गर्न नमानेपछि तिनको आयात घटदा सोको असर राजस्व सङ्कलनमा परेको उनले जानकारी दिए । कार्यालयले...
चैत १४, काठमाडौं ।
नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई टिकट वितरण कुन प्रक्रियाबाट दिनेसम्बन्धी विषयमा छलफल भइरहेको छ । बैठकमा आज केन्द्रीय सदस्यहरुले वडादेखि महानगरपालिकासम्मका उम्मेदवारलाई कुन प्रक्रियाबाट टिकट दिँदा उपयुक्त हुन्छ भन्ने सम्बन्धमा आफ्ना धारणा राखिरहनुभएको पार्टी केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ ।
नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा उम्मेदवारलाई केन्द्रबाट तथा वडा र गाउँपालिकामा भने जिल्लामा...
चैत १४,
बैतडी । गएराति घरायसी विवाद हुँदा देउरानीको ढुङ्गा प्रहारबाट दार्चुलामा जेठानीको मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरीका ५० वर्षीया नर्मादेवी कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । देउरानी ३५ वर्षीया चैतीदेवी कार्कीले ढुङ्गा प्रहार गर्दा जेठानी नर्माको मृत्यु भएको हो । चैतीको मानसिक सन्तुलन ठीक नभएको भन्ने बुझिएको...










