झारफुकमा भरपर्दा गर्भवतीको ज्यान गयो

409

चैत १७ ,
रोल्पा । सुत्केरी व्यथा लागेको तीन÷चार दिनसम्म गाउँमा धामी झाँक्रीले झारफुक गर्दा सञ्चो नभएपछि अस्पताल लगेकी एक महिलाको मृत्यु भएको छ ।
समयमै स्वस्थ्य संस्था नजाँदा आज पश्चिम रोल्पाकी दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ ।
बिमलालाई अस्पताल ल्याइएको थियो । उपचारका लागि अस्पताल ल्याउँदा आमा वेहोस तथा पेटमा भएको शिशुको ज्यान गइसकेको जिल्ला अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले बताए ।
जिल्लाका सबै स्वास्थ्य केन्द्रमा ‘बर्थिङ सेन्टर’को सुविधा रहेको तथा जिल्ला अस्पतालमा समेत शल्यक्रिया सेवा उपलव्ध भए पनि चालू आवमा दुई गर्भवतीको ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ ।