एन्टी रेबिज खोपको अभाव

423

चैत १८,
सल्यान । सल्यानमा विगत लामो समयदेखि एन्टी रेबिज खोपको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आइरहेको एन्टी रेबिज भ्याक्सिन विगत डेढ महिनादेखि अभाव भएपछि कुकुरले टोकेका बिरामी निजी क्लिनिकमा चर्को मूल्य तिरेर खोप लगाउन बाध्य भएका हुन् ।
जिल्ला अस्पताल सल्यान र उपस्वास्थ्य चौकी थारमारेबाट रेबिज रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको भएपनि गत फागुन पहिलो हप्तादेखि नै उक्त खोपको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ ।
सल्यानमा मात्र नभई देशभर खोपको अभाव भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिए ।
प्रतिमहिना एकसयदेखि दुईसय खपत हुँदै आएकोमा फागुनदेखि खोपको अभाव हुँदा बिरामी रित्तो हात फर्किन बाध्य भएको रावलको भनाइ छ ।